दाङ, २१ साउन । सुनको मूल्य बढेर तोलाको एक लाख एक हजार चार सय पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

सुनको भाउ एकैपटक १६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाला र तेजावी सुनको मूल्य मंगलबार बढेर एक लाख बढी पुगेको हो ।

बढेको भाउ अनुसार छापावाला सुनको मूल्य तोलाको एक लाख एक हजार चार सय पुगेको छ भने तेजावी सुनको मूल्य एक लाख नौ सय पुगेको छ ।

त्यसैगरी चाँदीको मूल्य पनि बढेर तोलाको १२ सय ९५ पुगेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस