दाङ, २१ असोज । पछिल्लो २४ घन्टामा देशभर थप तीन हजार चार सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या २५ हजार सात पुगेको छ ।

यो अवधिमा  १४ हजार दुई सय नौजनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज  ११ सय २६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म  ६८ हजार ६ सय ६८ जना  संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ ।

संक्रमित निको हुने दर ७२.९  प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । संस्थागत आइसोलेसनमा १० हजार पाँच सय ९६ जना र होम आइसोलेसनमा  १४ हजार चार सय ११ जना रहेको मन्त्रालयले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस