दाङ, ३ कार्तिक । लोकेसेवा आयोगले कात्तिक १६ गतेबाट लिने भनिएको सबै लिखित परीक्षा कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ ।

लोकसेवा आयोगका कर्मचारीमा कोरोना सङक्रमण बढेको तथा उम्मेदवारमा भय उत्पन्न भएकाले आयोगको निर्णय अनुसार अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित गरिएको छ । कोरोना स‌ंक्रमणका कारण परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन एवं परीक्षा व्यवस्थापन गर्न समस्या भएको आयोगद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

लोकसेवाले निजामती सेवा, सुरक्षा निकाय र स‌ंगठित संस्थाहरु समेतको सबैको परीक्षा स्थगित गरेको जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस