दाङ, ४ कार्तिक । दाङको लमहीमा एक कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको छ ।  लमही नगरपालिका–५ का ४३ वर्षीय पुरुषको मंगलबार बिहान घरमै निधन भएको लमही नगरपालिका स्वास्थ्य शाखा अधिकृत लोकराज पौडेलले जानकारी दिनुभयो । मृतक जन्डिसको बिरामी भएको बुझिएको उहाँले बताउनुभयो ।

गएको असोज १ गते कोरोना परिक्षण गर्दा मृतक र उहाँको श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि श्रीमान–श्रीमती होम आइसोलेसनमा बस्दै आएको बताइएको छ ।

योसँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन पुगेकोे छ । यसअघि कोरोना विशेष अस्पताल बेलझुण्डीमा रुपन्देहीका एकजना कोरोना संक्रमितको उपचारकै क्रममा निधन भएको थियो भने घोराहीमा बेवारिसे फेला परेको शवको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस