तिर्थराज ज्ञवाली
मसुरिया (देउखुरी दाङ), २३ कात्तिक । राप्ती गाउँपालिका दाङले ८० वर्ष माथिका जेष्ठ नागरिकलाई सहयोगी सामग्री उपलब्ध गराएको छ । आइतवार वडा नं १, २ र ३ मा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, वडा अध्यक्ष जगतबहादुर थापा, तारा बहादुर डिसीलगायतको सहभागितामा जेष्ठ नागरिकलाई सहयोगी सामग्री उपलब्ध गराइएको हो ।
राप्ती गाउँपालिका तथा लुम्विनी प्रदेश मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको समन्वयमा ९ वटै वडाका ३१४ बढी जेष्ठ नागरिकलाई थर्मस र लाइट उपलब्ध गराइने मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका कार्यक्रम सहजकर्ता टीकाबहादुर बस्नेतले जानकारी दिनुभयो । आइतवारदेखि सहयोगी सामग्री वितरण सुरु गरिएको र आगामी शुक्रवारसम्म सम्पूर्ण ८० वर्ष माथिका जेष्ठ नागरिकको हातहातमा थर्मस र लाइट उपलब्ध गराइने राप्ती गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जीवन कुमारी जिसीले जानकारी दिनुभयो ।
यसै क्रममा राप्ती गाउँपालिका तथा लुम्बिनी प्रदेश मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको समन्वयमा शिक्षा सुधार कार्यक्रम अन्तर्गत नयाँगाउँस्थित जनज्योति आधारभूत विद्यालयलाई बालविकासका विद्यार्थीलाई लक्षित गरी टेलिभिजन उपलब्ध गराइएको छ ।











