दाङ, १२ कात्तिक । राप्ती गाउँपालिकाका कर्मचारीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिका कार्यालयका साथै वडा नं. १ र ३ लाई सिल गरिएको छ ।

रोजगार सेवा केन्द्रमा कार्यरत एकजना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि गाउँपालिका कार्यालयका साथै १ र ३ वडा सिल गरिएको गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिनुभयो ।

सिल गरिएका गाउँपालिका तथा वडा कार्यालयहरु १६ गतेसम्म बन्द रहने छन् । अध्यक्ष सुवेदीले अत्यावश्यक काम परेमा गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष वा प्रमुख प्रशासकीय अधिकृतलाई सम्पर्क गर्न समेत आग्रह गर्नुभएको छ ।

सङ्क्रमितको हाल कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको गाउँपालिकाले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस