दाङ, १३ कार्तिक– घोराही उपमहानगरपालिका १६ सानी अम्बापुरस्थित एक बिपन्न परिवारलाई बिहीबार भगवानपुर ख टोल विकास संस्थाले खाद्यान्न सहयोग गरेको छ ।

प्यारालाइसिसको उपचार गर्न नसकी मृत्यु भएका बलबहादुर कामीका परिवारलाई संस्थाको तर्फबाट दाल, चामल, नुन, आटा, तेललगायतका खाद्यान्न सहयोग गरेको संस्थाका सचिव सर्जन खत्रीले बताउनुभयो ।

मृतकका परिवारलाई किरिया खर्च समेत अभाव भएकाले खाद्यान्न सहयोग गरेको खत्रीले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस