दाङ, १९ पौष । नेपालगञ्जको भेरी अस्पतालमा दाङकी ६५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। पाँच दिनदेखि भेरी अस्पतालमा उपचार गराइरहेकी लमही नगरपालिका–८ की ६५ वर्षीया महिलाको शनिबार राति मृत्यु भएको हो।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार स्वास्थ्यमा समस्या भएपछि पुस १३ गते नेपालगञ्ज पुर्याइएकोे भोलिपल्ट स्वाब परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको थियो । हालसम्म बाँकेका दुई ठूला अस्पतालमा उपचार गराउन आउँदा ७८ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। बाँकेमा ज्यान गुमाउनेहरुमा धेरै दाङका रहेका छन् ।
Advertisements