घोराही, ८ माघ । घोराही उपमहानगरपालिका १ राइटारीमा टोल विकास संस्थाको बैठक छ भनी बोलाएर आफुहरुलाई कांग्रेस पार्टीमा प्रवेश गरे भनि कांग्रेसका नेताहरुले गलत प्रचार गरेको पाइएको छ ।

स्थानियहरु देवबहादुर विक, यमलाल सार्की र तारा विकले विज्ञप्ती जारी गर्दै कांग्रेसका नेताहरु कृष्णकिशोर घिमिरे, रेवती घिमिरे र चुडामणि आचार्यलगायतले टोल विकासको बैठक भनि पार्टी प्रवेश गरायौँ भनेर प्रचार गरेकोप्रति आपत्ति जनाएका छन् ।

आफुहरु तत्कालिन नेकपा एमाले र पछि नेकपा भएको तर कुनै पनि हालतमा कांग्रेसमा जान नसकिएने बताएका छन् । गलतरुपले बोलाई गलत ढंगले प्रचार गरेको भन्दै उनीहरुले आफूहरुले नेपाली कांग्रेसमा जाने कल्पना समेत गर्न नसक्ने उल्लेख गरेका छन् ।

हेर्नुहोस् भिडियो…..

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस