दाङ, ७ फागुन । दार्मा गाउँपालिका वडा नं. ५ ले जग्गादाता रामबहादुर हमाल र जीमकुमारी हमाललाई एक समारोहकाबीच सम्मान गरेको छ । दार्मा गाउँपालिका वडा नं. ५ लागि उहाँहरुले ३ रोपनी जग्गा दान गर्नुभएको हो ।

वडा नं. ५ भोपाल्न निबासी उहाँहरुलाई गाउँपालिका अध्यक्ष निमबहादुर केसी, वडा नं. ६ का अध्यक्ष दुर्गाबहादुर मल्ल, वडा नं. ५ का अध्यक्ष रामबहादुर केसीलगायतका जनप्रतिनिधिहरुले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै गाउँपालिका अध्यक्ष निमबहादुर केसीले वडा कार्यालयका लागि उपयुक्त स्थानमा जग्गा उपलब्ध गराएकोमा जग्गादातालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । जग्गा तथा भवनको अभाव झेलिरहेको वडा नं. ५ का लागि जग्गा प्राप्ति भइसकेकोले अब छिट्टै भवनका लागि पहल गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष केसीले संसद विघटनको असंवैधानिक कदम विरुद्ध खबरदारी गर्न समेत आम जनतामा अपिल गर्नुभएको थियो ।कार्यक्रममा नेकपाका जिल्ला नेता अनन्तप्रसाद शर्मा, दलबहादुर केसी, शेरबहादुर केसी, नेपाली काँग्रेसका नेता कुलबहादुर चन्द जिल्ला पशु सेवा अस्पतालका डा. कपिलप्रसाद उपाध्याय, दार्मा गाउँपालिका शिक्षा शाखा प्रमुख शेरप्रसाद ढकालले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वडा नंं ५ का अध्यक्ष रामबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सचिव केशव केसीले गनुभएको थियो । वडा सदस्य सुदीप केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वडा नं. ५ को आमा समूह, महिला समूह र सहकारीहरुले विभिन्न सांस्कृतिक प्रस्तुति राखेका थिए । कार्यक्रममा स्थानीय बाजागाजा र दमाहासहितको नाच प्रस्तुत गरिएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस