दाङ, फाल्गुन १९ । दाङको घोराहीमा यही फागुन २२ गते शनिबार शेयर सम्बन्धी तालिम हुने भएको छ । त्रिभुवननगर जेसीज तालिम प्रतिष्ठानको आयोजनामा घोराहीको होटल मालाइनमा तालिम आयोजना गरिएको तालिम प्रतिष्ठानका अध्यक्ष पुष्पराज आचार्यले जानकारी दिनुभयो ।

अहिले शेयर बजारमा लगानीका लागि निकै उत्साह देखिए पनि शेयर मार्केटसम्बन्धी अन्यौलता रहेकोले त्यसबारे जानकारी दिने उद्देश्यका साथ तालिम राखिएको आयोजकले बताएको छ । नेपाल जेसीजका पूर्व कोषाध्यक्ष, कार्यकारिणी उपाध्यक्ष, शेयर बजारका अनुभवी प्रशिक्षक एवं हाइब्रिड फाइनान्स एड्भाइजर सुवासचन्द्र भट्टराई प्रशिक्षक रहेको तालिममा जेसीजमा आबद्ध भएका तथा नभएका सम्पूर्ण व्यक्तिहरु सहभागी हुन सक्नेछन् ।तालिममा DMAT, मेरो शेयर तथा आस्बासम्बन्धी जानकारी, शेयर बजारसम्बन्धी विस्तृत जानकारी, प्राइमरी र सेकेन्डरी मार्केटसम्बन्धी विस्तृत जानकारी, सेकेन्डरी मार्केटको व्यापार संयन्त्र, शेयर बजारलाई असर गर्ने तत्वहरु, कम्पनी छान्ने तरिकाहरु, टेक्निकल विश्लेषण (Ichimoku Cloud, RSI, MACD, Stochastic RSI, Tearsheet), शेयर बजारमा जोखिम कम गर्ने तरिकाहरु, ब्रोकर विश्लेषण, अनलाइन ट्रेडिङका साथै अन्य शेयरसम्बन्धी जानकारीहरु दिइने बताइएको छ ।

तालिमका लागि १ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको त्रिभुवननगर जेसीजका तालिम निर्देशक किरण गौतमले जानकारी दिनुभयो । तालिमका सहभागीहरुले खाना, नास्तासहित १ हजार रुपैयाँ मात्र बुझाउनु पर्ने उहाँले बताउनुभयो । घोराहीको होटल मालाइनमा बिहान ८ बजेदेखि सञ्चालन हुने तालिममा सहभागी हुन इच्छुक व्यक्तिले मोबाइल नम्बर ९८५७८३४४३८, ९८५७८३२०३३ र ९८५७८३४२०९ मा सम्पर्क गरी दर्ता गर्नसक्ने आयोजकले बताएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस