दाङ, २८ फाल्गुन । वैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन परियोजना (सामी)को दाङ जिल्लास्तरीय अर्धवार्षिक समीक्षा गोष्ठी घोराहीमा सम्पन्न भएको छ । शुक्रबार भएको समीक्षा गोष्ठीमा परियोजना सञ्चालन भएका दाङका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र बबई गाउँपालिकाका जनप्रतिनिधि तथा परियोजनासँग सम्बन्धित कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सामी परियोजनाकी कार्यक्रम संयोजक वसन्ता पुनले परियोजनाअन्तर्गत हालसम्म भएका प्रगति प्रस्तुत गर्नुभएको थियो । न्यायमा पहुँच बढाउन परियोजनाले गरेको सहजीकरणको प्रयासमा ८१ वडा मुद्दाहरु समाधान भएको पुनले बताउनुभयो । सामीका राष्ट्रिय साझेदार संस्थाहरुको सहजीकरणमा ७४ वडा र स्थानीयस्तरबाट ७ वटा मुद्दाहरु समाधान भएको उहाँले जानकारी दिनुभयो । सामी परियोजनाको पहलमा वैदेशिक रोजगारीसँग सम्बन्धित रकम हालसम्म २ करोड ५७ लाख २५ हजार क्षतिपूर्ति गराइएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । वैदेशिक रोजगार बोर्ड, बीमा र स्थानीय एजेन्टबाट उक्त रकम उपलब्ध गराइएको पुनले जानकारी दिनुभयो । परियोजनाले जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा सूचना कक्ष स्थापना गरी वैदेशिक रोजगारीसम्बन्धी परामर्श तथा सूचना प्रवाह गर्दै आएको छ । परियोजनाअन्तर्गत दाङका ४ वटा पालिकाका लागि सम्झौता भएको कुल १ करोड १३ लाख ९७ हजार ५ सय ५४ रुपैयाँमध्ये हालसम्म ५५ लाख ६९ हजार ७ सय २५ रुपैयाँ खर्च भएको छ । परियोजनाले सञ्चालन गरेका मनोसामाजिक परामर्श, वित्तीय साक्षरता, विभिन्न सरोकारवालासँग अन्तक्र्रिया, समुदायमा आधारित अन्तक्र्रिया कार्यक्रम, रिटर्नी स्वयंसेवक परिचालनलगायतका विषयमा भएको प्रगति संयोजक पुनले प्रस्तुत गर्नुभएको थियो । मनोसामाजिक परामर्शअन्तर्गत समूह मनोसामाजिक परामर्श सेवा, व्यक्तिगत मनोसामाजिक परामर्श सेवा तथा फोनबाटै पनि मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइएको उहाँले बताउनुभयो । परियोजनाले वैदेशिक रोजगारीमा जानेहरुका लागि आवश्यक सीप लिन ३१ जनालाई निःशुल्क तालिमका लागि सिफारिस गरेको प्रगति प्रतिवेदनमा उल्लेख छ ।

सामीकी कार्यक्रम संयोजक वसन्ता पुनले प्रगति प्रतिवेदन प्रस्तुत गनुएभको थियो भने कार्यक्रमको सहजीकरण सामीकी मनोसामाजिक परामर्शकर्ता सुशीला आचार्यले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस