दाङ, ३ वैशाख । तुलसीपुर उपमहानगरपालिकामा शुक्रबार थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य अस्पतालहरुमा गरिएको कोरोना परीक्षणमा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिनुभयो ।

कोरोना भोजेटिभ हुनेहरुमा वडा नं. ६ का ३ जना महिला र २ जना पुरुष, वडा नं. ५ का १ जना महिला, वडा नं. ९ का १ जना पुरुष र १ जना महिला, वडा नं. १७ का १ जना पुरुष र वडा नं. १२ का १ जना पुरुष रहेका छन् । शुक्रबार कोरोना पुष्टि हुनेहरुमा १२ वर्ष उमेरदेखि ६० वर्षसम्मका रहेको फोकल पर्सन केसीले बताउनुभयो । संक्रमित हुनेहरुमा स्वास्थ्यकर्मी, कर्मचारी एवं आम नागरिक रहेको केसीले बताउनुभयो ।

पछिल्लो २४ घण्टामा दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको ३२ वटा स्वाब परीक्षणमा २४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस