दाङ, ३१ जेठ । दाङमा कार्यरत इन्जिनियरहरुको एक समूहले तुलसीपुर मेट्रो अस्पताललाई नगद सहयोग उपलब्ध गराएका छन् । इन्जिनियरहरुबाट सङ्कलित एक लाख ६ सय ४६ रुपैयाँ नगरप्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरिएको तुलसीपुर उपमहानगरपालिकाका अटोमोबाइल इन्जिनियर प्रमोद रेग्मीले जानकारी दिनुभयो ।

सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै नगरप्रमुख पाण्डेले युवाहरुको ऊर्जाबाट महामारीसँग जुध्न सहज भएको बताउनुभयो । उपमहानगर युवाहरुलाई सिर्जनशील काममा केन्द्रित गर्न लागिपरेको बताउँदै नगरप्रमुख पाण्डेले नगरको समृद्धिका लागि आफू सहकार्य गर्न सधैँ तयार भएको बताउनुभयो ।

इन्जिनियर प्रमोद रेग्मीको नेतृत्वमा उपमहानगर पुगेको टोलीमा इन्जिनियरहरु श्रीधर डाँगी, पदम पोख्रेल, बिक्रमबाबु के.सी.को समेत सहभागिता थियो ।

मेट्रो अस्पतालले हाल कोभिड बिरामीहरुका लागि सेवा दिइरहेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस