तुलसीपुर, २२ जेठ । तुलसीपुर उपमहानगरपालिकाको नगर सभा आउँदो जेठ ३१ गते बस्ने भएको छ । उपमहानगरको नगर कार्यपालिकाको तिन दिनसम्म चलेको बैठकले आउँदो जेठ ३१ गते नगरसभा राख्ने निर्णय गरेको बैठक व्यवस्थापन शाखा प्रमुख झरेन्द्र खरेलले जानकारी दिनुभयो । तिन दिन सम्म सन्चालन भएको १११औँ नगर कार्यपालिकाको बैठकमा विभिन्न विषयगत समितिले पेश गरेको आर्थिक, भौतिक प्रतिवेदन माथी छलफल तथा समिक्षा गरी पारित गरेको उहाले जानकारी दिनुभयो ।

अब उक्त प्रतिवेदनलाई आउँदो नगरसभामा समेत पेश गरी समिक्षा गरिने भएको छ । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा सम्पन्न भएको बैठकले पारित गरेका निर्णयहरु पनि नगरसभामा पेश गरिने शाखा प्रमुख खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले गएको बैशाख १८ गते साँझ तुलसीपुर ६ स्याउली बजार नजिकै पार्किङ गरी राखेको गाडी भित्र मृत भेटिएका सोहि वडाको गाइडहर बस्ने ९ बर्षीय सन्दिप परियार, सोहि ठाउँका ६ बर्षीय सुवर्ण परियार र ७ बर्षीय करण परियारलाई जनही एक लाख रुपैयाका दरले राहात उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस