दाङ, २६ असोज । वेलहोप ड्राइभिङ तथा ट्रायल सेन्टरले ड्राइभिङ सिकिरहेका विद्यार्थीहरुका लागि ट्राफिक सचेतना सम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ । जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख इन्सपेक्टर थम्मन जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ड्राइभिङ सिकिरहेका र उत्तीर्ण गरी ८५ बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा ट्राफिक कार्यालय दाङका प्रमुख जिसीले ट्राफिक सचेतना तथा नीति नियमबारे सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो । त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि भारत बेन्ज दाङका प्रमुख जनक मल्ले प्रशिक्षार्थीहरुलाई ड्राइभिङसम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।कार्यक्रममा नमस्ते राप्ती यातायातका वरिष्ठ उपाध्यक्ष सुदन केसीले सवारी चालकमा हुनुपर्ने अनुशासन तथा सवारी चलाउँदा ध्यान दिनुपर्ने कुराहरुबारे जानकारी गराउनुभएको थियो । वेलहोप ड्राइभिङ सेन्टरबाट तालिम लिई सवारी चालक अनुमति पत्र उत्तीर्ण डा. शिखर पोख्रेलले उत्तीर्ण विद्यार्थीहरुका तर्फबाट ड्राइभिङ सिक्दाका अनुभव साट्नुभएको थियो ।

वेलहोप ड्राइभिङ तथा ट्रायल सेन्टरका सञ्चालक बोधिकिरण महराको अध्यक्षतामा भएको कार्यक्रममा वेलहोपबाट सहभागी भई सवारीचालक अनुमतिपत्र प्राप्त गर्न सफल विद्यार्थीहरुलाई बिदाई तथा सम्मानका साथै सहभागीहरुबीच दशैँको शुभकामना आदानप्रदान समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन लक्ष्मी डिसीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस