दाङ, ४ कात्तिक । अविरल परेको वर्षाका कारण दाङमा धानबालीमा भएको क्षतिको विवरण संकलन गरी पठाउन सबै पालिकालाई पत्राचार गरिएको छ । कृषि ज्ञान केन्द्र दाङले गत असोज ३१ गतेदेखिको अविरल वर्षाले धानबालीमा भएको क्षति वा असरको एकिन विवरण संकलन गरी पठाउन पत्राचार गरेको हो ।

केन्द्रका निमित्त प्रमुख रुद्रमणि पौडेलले जिल्लाका सबै पालिकालाई बुधवार पत्राचार गरिएको जानकारी दिनुभयो । जिल्लाका दशवटै पालिकाको कृषि विकास शाखालाई क्षतिको विवरण संकलन गर्ने फरम्याटसहित पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो ।

सम्वन्धित पालिकाले पठाएको विवरण लुम्बिनी प्रदेश कृषि मन्त्रालयमा पठाउने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तह, धानको क्षेत्रफल (हेक्टर), सुरक्षित हार्भेष्ट भएको क्षेत्रफल वा प्रतिशत, काटिएको धान बगाएको क्षेत्रफल वा प्रतिशत, धान ढालेर भएको क्षेत्रफल वा प्रतिशत र काटिएको धान डुवाएको क्षेत्रफल जस्ता विवरण फारममा उल्लेख गर्नुपर्नेछ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस