दाङ, १२ मंसिर । नेपाली काँग्रेस दाङको सभापतिमा शंकर डाँगी निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनमा डाँगीका मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका भूपबहादुर डाँगीले समर्थन गरेपछि शंकर डाँगीलाई सर्वसहमतिमा सभापतिमा निर्वाचित गरिएको निर्वाचन समितिले जनाएको छ ।

जिल्ला कार्यसमितिका लागि शनिबार भएको निर्वाचनमा शंकर डाँगीले ७ सय ७६, भूपबहादुर डाँगीले ५ सय ४५, जानकीलाल बस्नेतले ४ सय ७१ र कमलकिशोर घिमिरेले ३ सय १५ मत प्राप्त गर्नुभएको थियो ।

सभापतिका लागि आज पुनः निर्वाचन हुने भनिए पनि सहमतिबाट शंकर डाँगीलाई चुनिएको हो । काँग्रेसमा विद्यार्थी राजनीतिबाटै सक्रिय डाँगी तेह्रौँ महाधिवेशनमा लोकप्रिय मत ल्याई जिल्ला सचिवमा निर्वाचित हुनुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस