दाङ, १९ पौष । दाङ जिल्ला उद्योग वाणिज्य संघका स्वतन्त्र उम्मेद्वारलाई काँग्रेसकै नेताको समर्थन देखिएको छ । भोलि हुने निर्वाचनमा स्वतन्त्ररुपमा उम्मेद्वारी दिएका अध्यक्ष पदका उम्मेद्वार वसन्त जोशी र कोषाध्यक्ष पदका उम्मेद्वार धनपती शर्मालाई नेपाली काँग्रेस दाङका पूर्व अध्यक्ष वीरकेशरी गौतम, क्षेत्र नं. ३ का क्षेत्रीय सभापति गिरिराज सुवेदीलगायतले समर्थन गरेका छन् । गौतम, सुवेदीलगायतका काँग्रेस नेता स्वतन्त्र उम्मेद्वारको प्रचारप्रसारमै हिँडेका छन् ।उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष र कोषाध्यक्ष पदमा निर्वाचन हुन लागे पनि त्यस बाहेकका सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको थियो । निर्वाचनमा अध्यक्ष पदमा काँग्रेसबाट टंक सिंह बुढाथोकी र कोषाध्यक्षमा सुशील पोख्रेलको नाम आएपछि ती पदमा काँग्रेसकै वसन्त जोशी र धनपती शर्माले स्वतन्त्र रुपमा उम्मेद्वारी दिनुभएको थियो ।

सर्वपक्षीय, सर्वदलीय सहमतिमा अन्य दलले अध्यक्ष र कोषाध्यक्षमा काँग्रेसलाई नेतृत्व दिन तयार भए पनि ती पदहरुमा काँग्रेसकै व्यापारीहरुको स्वतन्त्र उम्मेद्वारी परेको थियो । 

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस