दाङ, १० माघ । त्रिभुवननगर जेसीजले घोराही चौघेरास्थित गोरक्ष सिद्ध रत्ननाथ मन्दिर चौघेरामा सरसफाई गरेको छ । त्रिभुवननगर जेसीजको आयोजनामा आज मन्दिर क्षेत्रको सरसफाईका साथै मन्दिर व्यवस्थापन समितिलाई सरसफाई सामग्रीहरु हस्तान्तरण गरिएको थियो ।

त्रिभुवननगर जेसीजका कार्यबाहक अध्यक्ष कुलबहादुर वलीको अध्यक्षता एवं गोरक्ष पात्र देवता सिद्ध रत्ननाथ मठका प्रमुख सुरतनाथ योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि योगीले त्रिभुवननगर जेसीजले गरेका कार्य र युवाहरुको नेतृत्वमा विकासमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा गोरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठका सचिव हिरानाथ योगी, सहायक व्यवस्थापक योगी देवनाथ, दाङ महिला जेसीजका अध्यक्ष ममता विष्टलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा मन्दिर व्यवस्थापन समितिलाई त्रिभुवननगर जेसीजको तर्फबाट सरसफाई व्यवस्थापनका लागि ४ वटा डस्टविन, १५ वटा कुचो, ५ वटा फोहर उठाउने सामग्री समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा द लोटस ट्रेनिङ सेन्टरको विशेष उपस्थिति रहेको थियो । कार्यक्रम संयोजक भ्यू पुनमगरको स्वागत मन्तव्य तथा विमल खड्काको आस्थापाठबाट शुरु भएको सरसफाई कार्यक्रमको सहजीकरण महासचिव टंक रावत (अनन्त)ले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस