दाङ, २६ पुस । दाङको तुलसीपुर उपमहानगरपालिकामा पुस १८ गते यता १ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज भएको कोरोना परीक्षणमा एकैदिन ३२ जनामा कोरोना संक्रमण देखिएको कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिनुभयो ।
संक्रमित हुनेहरुमा समुदाय तथा विभिन्न पेशा व्यवसायमा लागेका ७१ जना, भारतबाट आएका २ जना, स्वास्थयकर्मी १७ जना, जनप्रतिनिधि २ जना, कर्मचारी ४ जना, शिक्षक २४ जना, विद्यार्थी ६५ जना, पत्रकार २ जना रहेका छन् ।
हालसम्म ८ वटा स्वास्थ्य संस्था, १९ ओटा विद्यालय र एउटा कार्यालयका व्यक्तिहरुमा संक्रमण देखिएको छ। वडा नं. १३ र १४ बाहेक सबै वडामा संक्रमण देखिएको छ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस