तुलसीपुर, २२ माघ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ हाडिमेमा रहेको नयाँ पाइला पुनःस्थापना केन्द्रले आठौँ वार्षिकोत्सवका अवसरमा विभिन्न सामग्री वितरण गरेको छ । संस्थाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको दिदीघरले सञ्चालनमा ल्याएको बालगृहमै पुगेर सामग्री हस्तान्तरण गरेको हो ।

संस्थाले चामल, दाल, आलु, तेल, नमकिन, बिस्कुट, चिउरा, मसला, मास्क, स्यानीटाइजर हस्तान्तरण गरेको हो । संस्थाका सल्लाहकार सुनिलकुमार पोखरेलको अध्यक्षता एवम् महिला अधिकारकर्मी सुष्मा गिरी लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका निर्देशक सुरेश भुसालले दिदीघरका अध्यक्ष स्यानी चौधरीलाई सामग्री हस्तान्तरण गर्नुभएको हो । बाल संरक्षण केन्द्रमा चारदेखि १२ वर्ष उमेरका २३ जना बालबालिकाहरु रहेका छन् । संस्थाले हालसम्म एक हजार बढीको उपचारपछि घरपरिवारमा पुनःस्थापना गराएको छ भने ६० जना आर्थिक रुपमा विपन्न समुदायका लागुपदार्थ दुर्व्यसनीहरुलाई निःशुल्क रुपमा उपचार गरेको छ ।

कार्यक्रममा यातायात व्यवसायी सुमन पोखरेल, दिदीघरकी अध्यक्ष स्यानी चौधरी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका प्रेस सल्लाहकार गोकर्ण पौडेलले गर्नुभएको थियो । संस्थाले वार्षिकोत्सवका अवसरमा विगतमा समेत बालबालिका, जेष्ठ नागरिकहरुलाई विभिन्न सामग्री वितरण गर्दै आएको छ भने लागुपदार्थ दुर्व्यसनीसम्बन्धी अभिभावक शिक्षा, सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

त्यसैगरी संस्थामै लागुपदार्थ दुर्व्यसनका बारेमा निःशुल्क रुपमा मल्टीड्रगर्स परीक्षण गर्दै आएको छ । केन्द्रमा सीप सिकाएर आत्मनिर्भर बन्न चाहनेहरुका लागि निःशुल्क रुपमा तालिम र आवश्यक सामग्री समेत उपलब्ध गराउँदै आएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस