दाङ, ३ फागुन । ६ राजनीतिक दलहरुले एमसीसीविरुद्ध भोलि फागुन ४ गते नेपाल बन्द घोषणा गरेका छन् । नेपालका लागि एमसीसी राष्ट्रघाती भएको भन्दै दलहरुले नेपाल बन्दको घोषणा गरेका हुन् ।

एमसीसीलाई जबर्जस्ती  संसदबाट पास गराउन लागेको भन्दै बिप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा , आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल रहेका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस