दाङ, ७ फागुन । प्रेस चौतारी दाङ लुम्बिनी प्रदेशबाट उत्कृष्ट शाखाका रुपमा पुरस्कृत हुने भएको छ । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटीको बैठकले प्रेस चौतारी दाङ शाखा र रुपन्देही शाखालाई उत्कृष्ट शाखाका रुपमा पुरस्कृत गर्ने निर्णय गरेको हो ।

फागुन २१ गते प्रेस चौतारी नेपालका सबै प्रदेश कमिटीको अधिवेशन एकैसाथ हुन लागेको छ । अधिवेशन तयारीका लागि प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटीको आज बसेको बैठकले अधिवेशन दाङमा गर्ने र उक्त अवसरमा उत्कृष्ट जिल्ला शाखा एवं अग्रजहरुलाई सम्मान र केही क्रियाशिल पत्रकारहरुलाई पुरस्कृत गर्ने भएको छ ।
प्रेस चौतारीले यस वर्ष अग्रज पत्रकारहरु मोहन चापागाई, शरद अधिकारी र अछरी पोख्रेललाई विशेष सम्मान गर्ने निर्णय गरेको छ । चौतारीले यस वर्ष प्रेस चौतारी योगदान पुरस्कार मरणोपरान्त नन्दराम पौडेलाई प्रदान गर्ने, यसैगरी रञ्जिता शर्मा, विश्वराज पछल्डङेया, महेश केसी, गिता पौडेल, कृष्ण पोख्रेल र नविन केसीलाई पुरस्कृत गर्ने भएको छ ।

प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटीको सचिवालयको वैठकले अधिवेशनलाई भव्य बनाउनका लागि विभिन्न निर्णयहरु गरेको छ । प्रदेश अध्यक्ष शोभाखर पन्थीको अध्यक्षत्ता एवं केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इञ्चार्ज सविन प्रियासनको प्रमुख आतिथ्यतामा सम्पन्न वैठकले अधिवेशन सम्पन्न गर्नका लागि प्रदेश अध्यक्षको संयोजकत्वमा केन्द्रीय सदस्यहरु, जिल्ला अध्यक्ष, सचिवसहितको ५१ सदस्यिय मूल व्यवस्थापन समिति, प्रेस चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको संयोजकत्वमा संयोजन समिति समेत बनाएको छ ।

वैठकले अधिवेशनलाई व्यवस्थित र सर्वसम्मन सम्पन्न गर्नका लागि सविन प्रियासन संयोजक, भरत केसी र रुद्र सुवेदी सदस्य रहेको अध्यक्ष मण्डल बनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस