गिरिराज शर्मा ‘राजन’

दाङ, १४ फागुन । घोराही उपमहानगरपालिका वडा नं. १० मा नेकपा एमालेको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य शम्भु गौतमले शनिवार कार्यालयको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले ‘एक घर–एक एमाले’को मूल नारा लिएर गाउँ केन्द्रित गतिविधि सञ्चालन गर्न निर्देशन दिनुभयो । आगामी निर्वाचनलाई केन्द्रित गर्दै हरेक गाउँ टोलमा कमिटी गठनका साथै जनतामाझ पुग्नुपर्ने उहाँले धारणा राख्नुभयो ।

कार्यक्रममा घोराही नगर युवा संघका सह–सचिव वसन्त भण्डारीको नेतृत्वमा २२ जना युवाहरु एमाले प्रवेश गरेका थिए ।
नेकपा एमाले घोराही १० का अध्यक्ष तिलक महराको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व जिल्ला अध्यक्ष टीकाराम खड्का, जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, सहसचिव कृष्ण भुसाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वडा नं. १० का उपाध्यक्ष वेदबहादुर बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव शिव श्रेष्ठले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस