दाङ, १४ फागुन । त्रिभुवननगर जेसीजको आयोजनामा दाङको पर्यटकीय स्थल बाह्रकुने दहमा फेलोसिप कार्यक्रम सम्पन्न भएको छ । नेपाल जेसीज वर्ष २०२२ का अध्यक्ष सिनेटर लालमणि भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले युवाहरुको नेतृत्व विकासमा जेसीज सदैव क्रियाशील भएको बताउनुभयो । जेसीजसँग आबद्ध युवाहरु समाजमा फरक देखिनुपर्ने धारणा राख्नुभयो । कुशल नेतृत्व कस्तो हुन्छ भन्ने कुराको अनुभूति जेसीजले दिनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा तुलसीपुरनगर जेसीज, दाङ महिला जेसीज र लमही जेसीजको सहभागिता रहेको थियो । उक्त अवसरमा त्रिभुवननगर जेसीजका पूर्व अध्यक्ष ओविन्द्र बहादुर महरा, दाङ महिला जेसीजकी पूर्व अध्यक्ष विन्दु गिरी, लमही जेसीजका पूर्व अध्यक्ष शिवशंकर गुप्ता, तुलसीपुरनगर जेसीजका अध्यक्ष केशवराज के.सी., लमही जेसीजका सुन्दर के.सी., दाङ महिला जेसीजकी अध्यक्ष शारदा घर्तीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा बोल्ने वक्ताहरुले जेसीजले कुशल नेतृत्व उत्पादन गरी समाज रुपान्तरणका लागि महत्वपूर्ण भूमिका खेलेको धारणा राखेका थिए । नेतृत्व र व्यक्तित्व विकासका लागि जेसीज अझ बढी क्रियाशील हुनुपर्नेमा वक्ताहरुको जोड थियो ।

त्रिभुवननगर जेसीजका अध्यक्ष विवेक आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा, उपाध्यक्ष तथा कार्यक्रम संयोजक अमर अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यकारिणी उपाध्यक्ष महेश गुप्ताले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव कुलबहादुर वलीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस