कृष्ण लहरे

दाङ, १८ फागुन । तुलसीपुर १८ दूधरासका वीरेन्द्र खड्का जसले संग्राम खोला नजिकै भेटाएको २ लाख बढीको सामान सम्बन्धित व्यक्तिलाई आफै बुझाउनुभएको छ । घोराही-तुलसीपुर सडकखण्डको संग्राम खोलामा एउटा लेडिज ब्याग भेटेपछि खड्काले  सामजिक सञ्जालको मार्फत जानकारी गराउनुभएको थियो ।

नेपाली काँग्रेस तुलसीपुर १८ का सभापति एवम् लायन्स क्लब अफ कालिका मालिकाका अध्यक्ष समेत रहनुभएका खड्काले भेटिएको सामग्रीसहितको पोष्ट सामाजिक सञ्जाल फेसबुकमा राखी सम्पर्कमा आउन आग्रह गर्नुभएको थियो ।

सामाजिक सञ्जालमा राखेको झण्डै ५ घण्टापछि पर्स हराएकी महिला घोराही ६ की शिवा वली सम्पर्कमा आएको खड्काले बताउनुभयो । सम्बन्धित व्यक्ति सम्पर्कमा आएपछि सम्पूर्ण सामग्री खड्काले जिम्मा लगाउनुभएको थियो ।

ब्यागमा i-phone, ४ हजार ४ सय नगद तथा महत्त्वपूर्ण कागजात रहेका थिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस