राजन जि मगर

दाङ, २३ फागुन । नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघ लुम्बिनी प्रदेशको अध्यक्षमा विवेक श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

अधिवेशनले विवेक श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय प्रदेश कमिटी निर्वाचित गरेको छ । शनिवार सम्पन्न भेला तथा अधिवेशन प्रदेश अध्यक्ष विवेक श्रेष्ठको अध्यक्षतामा तथा केन्द्रीय अध्यक्ष डा. पुर्ण प्रसाद पाण्डेको प्रमुख  आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले नेपालको पहिचान बिश्वमा झल्कनु छ भने नेपाली बिर गोर्खालीको इतिहासलाई आत्मसात गर्दै नेपालमा खुकुरी मार्शल आर्ट्समा अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघका केन्द्रीय सल्लाहकार तेजेन्द्र बहादुर पाण्डे र उपाध्यक्ष कमला भण्डारीले खेलकुद क्षेत्रको विकास र समृद्धिमा संघले विगतदेखि भूमिका खेल्दै आएको चर्चा गर्नुभयो । कार्यक्रममा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका लुम्बिनी प्रदेश अध्यक्ष नर बहादुर घर्ती, कपिलवस्तु खेलकुद विकास समिति सचिव मीन प्रसाद पोखरेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । उपाध्यक्ष राजिव जिसीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सचिव दिल बहादुर दशौदीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस