दाङ, २४ चैत्र । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सन्दर्भमा आचारसंहिता लागू गर्दैछ । आज र भोलि (शुक्रबार) बस्ने आयोगको बैठकले आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

आगामी वैशाख ३० गते सरकारले देशभर एक साथ स्थानीय तह निर्वाचन गर्ने घोषणा गरेको छ । आयोगका आयुक्त ईश्वरी पौडेलले एक/दुई दिनभित्र आचारसंहिता लागू गर्ने तयारीमा आयोग जुटेको जानकारी दिनुभयो ।

मतदानको कति दिन अगावैदेखि आचारसंहिता लागू हुने भन्ने उल्लेख नगरिए पनि आयोगले तोकेको मितिदेखि लागु हुने व्यवस्था ऐनमा रहेको पौडेलले बताउनुभयो ।

आसन्न निर्वाचनका हकमा भने करिब पैँतीस दिन अगावैदेखि आयोगले आचारसंहिता लागू गर्न खोजेको हो ।

निर्वाचन आचारसंहिता लागू भएसँगै विभिन्न प्रतिबन्ध लगाइने छ भने निर्वाचनलाई प्रभाव पार्ने गतिविधि गर्न सरकारले पाउने छैन ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस