दाङ, २५ चैत । अम्बिकेश्वरी क्याम्पस घोराही दाङले BIM तेस्रो, BCA चौथो र B.sc.CSIT नवौँ ब्याचमा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण गरेको छ ।

क्याम्पस प्रमुख चन्द्र प्रकाश खनालको अध्यक्षता तथा राप्ती स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापा प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । क्याम्पसका अध्यक्ष द्रोण खड्काले नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै क्याम्पसमा सञ्चालित कार्यक्रमको भावी योजना तथा पठनपाठनको क्रममा लागु हुने नीति नियमहरु एवं विभिन्न विषयको बारेमा विद्यार्थीलाई प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रकाश थापाले शिक्षा क्षेत्रमा अबको अगुवाइ प्राविधिक धारले गर्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै अतिथि दीपक शर्माले साइबर सेक्युरिटि, विक्रम केसीले सूचना प्रविधिको महत्त्व, ऋचा सुवेदीले नारी सशक्तीकरणको बारेमा, थम्मन जिसीले ट्राफिक सचेतनाको चर्चा, डा. रमेश कडेलले लागुपदार्थ दुर्व्यसनको बारेमा प्रकाश पार्नुभएको थियो । त्यस्तै वसन्त प्रसाद रिजालले भाषा सबैभन्दा ठुलो शक्ति भएको बताउनुभएको थियो ।कार्यक्रममा राष्ट्रिय कलाकार कमल गाउँले, क्याम्पसका व्यवस्थापक गौरव भट्ट, BIM को विद्यार्थी सुपृया डिसीले विद्यार्थीलाई मनोरञ्जन गराउनु भएको थियो । प्राध्यापक नवराज बस्यालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्राध्यापक बिशाल थापाले गर्नु भएको थियो । कार्यक्रममा प्राविधिक सहयोग क्याम्पसका टेक्निसियन हस्तवीर बुढा मगर, बिसिएका विद्यार्थी नवीन श्रेष्ठ र राजन घर्तीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस