दाङ, २७ चैत । नेकपा एमाले दाङले वडा तहमा उम्मेद्वार चयनको प्रक्रिया अघि बढाएको छ । एमाले दाङ प्रचार विभागले आज पार्टी कार्यालय भरतपुरमा गरेको कार्यक्रमको पार्टीका महासचिव शंकर पोख्रेलले भर्चुअल विधिबाट उद्घाटन गरेसँगै उम्मेद्वार चयनको प्रक्रिया शुरु भएको छ ।कार्यक्रमलाई एमाले महासचिव शंकर पोख्रेलले भर्चुअल विधिबाट सम्बोधन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोख्रेलले योग्य र विकास बुझेको व्यक्तिलाई उम्मेद्वार बनाउन निर्देशन दिनुभयो । पार्टीमाथि भैरहेको चौतर्फी घेराबन्दी र आक्रमणलाई चिर्दै समग्र पार्टी पंक्ति अघि बढ्नुपर्ने उहाँले धारणा राख्नुभयो ।

कार्यक्रममा एमाले दाङका सचिव मनोहर बुढाथोकीले जिल्लाका सबै वडामा सर्वसम्मत उम्मेद्वार चयनलाई प्राथमिक दिन निर्देशन दिनुभयो । वडामा जनतामाझ भिजेका र पार्टीको नीतिलाई आत्मसात गर्ने व्यक्तिलाई उम्मेद्वार बनाउनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रम नेकपा एमाले दाङ प्रचार विभाग प्रमुख सविन प्रियासनको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन प्रेस चौतारी दाङका अध्यक्ष इन्द्र डिसीले गर्नुभएको थियो ।जिल्लाका १० वटा पालिकामा १०० वडा वडाहरु रहेका छन् । अधिकांश वडाहरुमा उम्मेद््वार छनौटका लागि छलफल भइरहेको एमाले दाङले जनाएको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले दुई उपमहानगरपालिका, एक नगरपालिका र तीन वटा गाउँपालिकाको नेतृत्वसहित अधिकांश वडा जितेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस