दाङ, २ वैशाख । त्रिभुवननगर जेसीजले जेसीज सप्ताहको दोस्रो दिन भ्याट/ट्याक्स सम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ । अभिमुखीकरणमा घोराही क्षेत्रका ३५ बढीको सहभागिता रहेको थियो ।

कार्यक्रमको प्रमुख प्रशिक्षकमा रमेश केसी रहनुभएको थियो । उहाँले भ्याटमा कारोकार गर्दा अपनाउनु पर्ने विधिहरुबारे सहभागीहरुलाई प्रशिक्षित गर्नुभएको थियो । भ्याटको कारोबारमा थोरै समय मात्र मिलाउन सके निकै सहज हुने भन्दै उहाँले व्यवसायको स्टकबारे समेत सहजै थाहा हुने हुँदा व्यवसायीलाई नै फाइदा पुग्ने बताउनुभयो । कार्यक्रममा प्रशिक्षक कैलाश खत्रीले समेट भ्याट/ट्याक्सबारे जानकारी गराउनुभएको थियो ।

सामानको स्टक, खातापाता व्यवस्थापन, बिलिङ, कसरी काम गर्दा मिसम्याचमा नपर्ने भन्ने बारेमा प्रशिक्षण दिइएको थियो ।

कार्यक्रमका संयोजक प्रेमलाल न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमबारे सामुदायिक क्षेत्रका उपाध्यक्ष अमर अधिकारीले जानकारी गराउनुभएको थियो । त्रिभुवननगर जेसीजका अध्यक्ष विवेक आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिव कुलबहादुर ओलीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस