दाङ, ११ वैशाख । स्थानीय तह निर्वाचन २०७९ लाई मितव्ययी, प्राविधिमैत्री तथा शान्तिपूर्ण गराउन प्रतिबद्ध रहेको दाङका राजनीतिक दलले बताए छ्न् । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले तुलसीपुरमा आइतवार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा राजनीतिक दलका नेताहरूले सो कुरा बताएका हुन् ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता जोगेन्द्र विश्वकर्मा, नेकपा एमालेका तर्फबाट तुलसीपुर उपमहानगरपालिकाका उपमेयरका उमेदवार स्यानी चौधरी, जनता समाजवादी पार्टीका  नेता टोपबहादुर महतरा, राष्ट्रिय जनमोर्चाका श्यामलाल पोख्रेल, नेकपा (बिप्लव)का नेता तिलक योगीले भ्रष्टाचार मुक्त समाजको आवस्यकता रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा नागरिक समाज दाङका सल्लाहकार टिकाराम रेग्मी, शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति सुशील बस्नेत, केन्द्रीय सचिव निर्मल नेपालीले लोकतान्त्रिक आचार, मूल्य र र मान्यतालाई सबै पक्षले आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो ।
उक्त अवसरमा नेपाल रेडक्रस सोसाइटीका कुशल तर्ताल, जेष्ठ नागरिक समाज प्रदेश अध्यक्ष  खुमानन्द अधिकारी, महिला अधिकारकर्मी सुष्मा गिरी, ओरेक दाङकी संयोजक ईश्वरा थापा, महिला मानव अधिकार रक्षकका पदमा चौधरी, अपाङ्ग समाज सुधार केन्द्रका हुमाकान्त कडेल, दलित विद्यार्थी खेमराज विश्वकर्मा लगायतले लोकतन्त्र दिवसको चर्चा गर्नुभएको थियो ।
निर्वाचन आयोगको निर्वाचन आचारसंहिताका विषयवस्तुका केही बुँदा सहसचिव उषा गौतम, स्वागत मन्तव्य पूर्व कोषाध्यक्ष अमृत प्रसाद शर्मा र सहजीकरण सचिव निर्मला डाँगीले गर्नुभएको थियो ।
जन आन्दोलन २०६२/६३को स्मरणमा मानव अधिकार तथा शान्ति समाजले प्रत्येक वर्ष वैशाख ११ गते लोकतन्त्र दिवस विशेष कार्यक्रम गरि मनाउँदै आएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस