दाङ, १३ वैशाख । नेकपा एमाले घोराही १५ ले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । वडाले वडा कमिटी अध्यक्ष राजकुमार अधिकारीको अध्यक्षता तथा नेकपा एमाले प्रचार विभाग प्रमुख सविन प्रियासनको प्रमुख आतिथ्यता र वडा सहइन्चार्ज गणेश दाहालको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरी प्रतिबद्धता सार्वजनिक गरिएको हो ।

सो अवसरमा अध्यक्ष पदका उम्मेद्वार विष्णु सुवेदी, जिल्ला सदस्यहरु जितबहादुर केसी, किरण रेग्मी, रामप्रसाद शर्मा, डिल्ली पण्डितलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमका वक्ताहरुले घोराहीको मुख्य बजार क्षेत्र रहेको वडा नं. १५ लाई व्यवस्थित, सुन्दर, हराभरा सहरका रुपमा विकास गर्न एमालेका उम्मेद्वारहरुलाई विजय बनाउनु पर्ने धारणा राख्नुभएको थियो ।

प्रतिबद्धता पत्रमा घोराहीलाई सुन्दर शहर बनाउने योजना, गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, सूचना र सञ्चारको विकास, खेलकुद, पर्यटन, कला र संस्कृति, व्यवस्थित तरकारी बजार, ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा योजना, सार्वजनिक जमिनको संरक्षण, वस्ती विकासको व्यवस्था, अपाङ्गमैत्री समाजलगायतका योजनाहरु समेटिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस