विजय रोका क्षेत्री

दाङ, १४ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेकपा एमाले घोराही ११ ले १५१ सदस्यीय प्रचारप्रसार कमिटी गठन गरेको छ । वडा कमिटी अध्यक्ष गोविन्द गौतमको अध्यक्षता एवम् जिल्ला कमिटी सदस्य वडा अध्यक्षका उम्म्द्वार कुल बहादुर लामिछानेको प्रमुख आतिथ्यतामा शिवपुरमा बसेको बैठकले कमिटी गठन गरेको हो ।

बैठकले निर्वाचन केन्द्रित गतिविधि सञ्चालनका लागि विभिन्न जिम्मेवारी दिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो । वडामा भएका एमालेका विभिन्न संगठन तथा सबै भुगोलबाट समेटेर प्रचारप्रसार समिति गठन गरिएको उहाँले बताउनुभयो ।समितिमा पार्टीका वडा अध्यक्ष गोविन्द गौतम, राष्ट्रिय युवा संघ नेपाल घोराही ११ का संयोजक सरद कुमार रोका, सांस्कृतिक महासंघ घोराही ११ का संयोजक जागेश्वर महरा, उत्पीडित मुक्ती समाज घोराही ११ का संयोजक विमला गन्धर्वलगायत रहनुभएको छ । समितिले घरदैलो अभियान, चुनावी प्रचारप्रसार, गाउँटोलमा भेलालगायतका गतिविधि सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले एमालेले गएको ५ वर्षमा आफूले गरेका अधिका‌ंश वाचाहरु पूरा गरेको भन्दै वडालाई अझ समृद्ध बनाउनका लागि फेरि पनि एमालेकै नेतृत्व आवश्यक रहेको बताएका थिए । कार्यक्रममा वडा अध्यक्षका उम्मेद्वार कुलबहादुर लामिछाने, पेसागत महासंघ नेपालका दाङ जिल्ला उपाध्यक्ष लालमणि खड्कालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस