दाङ, १६ वैशाख । नेकपा एमाले अब पनि मुलुकको ठूलो पार्टी बन्ने र माओवादीलगायतका अन्य दलहरु देश र जनताको भावना भन्दा पनि स्वार्थी, फोहोरी राजनीतिक खेलमा लागेको भन्दै बंगलाचुलीमा बिहीबार ठूलो संख्यामा माओवादी, नयाँ शक्ति पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन् ।

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट वडा अध्यक्षमा उमेदवारी बन्नुभएका त्यस क्षेत्रका प्रभावशालि नेता शन्तराम भण्डारी, उहाँसँगै सदस्य पदहरुमा उमेदवारबन्नु भएका अन्य नेता, वडा नम्वर १ मै नयाँ शक्तिबाट त्यतिबेला अध्यक्ष पदमा उमेदवार बन्नु भएका नेता धर्मबहादुर बिष्टसहित ९९ जना एमाले प्रवेश गर्नुभएको छ । एमालेले पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेर सबै नवप्रवेशीहरुलाई टिका लगाएर पार्टीमा स्वागत गरेको छ । एमाले प्रदेश कमिटी सदस्य पदमबहादुर खत्रीको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा एमाले प्रदेश सदस्य तथा दाङ क्षेत्र नम्वर २ का इञ्चार्ज बलिभद्र राना, एमाले वंगलाचुली गाउँपालिका अध्यक्ष पुष्प भण्डारीलगायतका नेताहरुले पार्टी प्रवेशीहरुलाई स्वागत गर्नु भएको हो । यस अगाडी बंगलाचुलीमा नेपाली कांग्रेसको तर्फबाट वडा नम्वर १ मा निर्वाचित एक मात्र वडा अध्यक्ष पदमबहादुर खत्रीसहित सयौ नेता कार्यकर्ताहरु पनि एमालेमा प्रवेश गर्नु भएको हो ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका रानाले एमालमा बंगलाचुलीमा अझै सयौ नेता कार्यकर्ताहरु निर्वाचन अघि नै प्रवेश गर्ने जानकारी दिनुभयो । सो अबसरमा पार्टी प्रवेश गर्दै नेता शन्तराम भण्डारी, धर्मबहादुर बिष्टले माओवादी, कांग्रेस लगायतका दलहरु सत्ता गठवन्धनको नाममा देशलाई खोक्रो बनाउन लागि परेकाले एमालेको विकल्प नभएकाले आफूहरु एमालेमा प्रवेश गरेको बताउनुभयो । एमालेमै रहेर देश र जनताको सेवा गर्ने मनसायका साथ आफूहरु एमालेमा आबद्ध भएको उहाँहरुको भनाइ थियो ।

पछिल्लो समय बंगलाचुलीमा माओवादी केन्द्रबाट निर्वाचित भक्तबहादुर वलीले पुनः सोही पदमा उमेदवार बन्न खोज्नु भएको थियो । तर पार्टीले राम्रो काम गर्दागर्दै उहाँलाई टिकट नदिएपछि बंगलाचुलीमा माओवादीमा व्यापक असन्तुष्टी देखा परेको छ । जसका कारण पनि पार्टी छाड्नेहरुको संख्या बाक्लिएको छ । शुक्रबार बंगलाचुलीमा एमाले महासचिवको उपस्थितिमा सभा गर्ने तयारी गरिएको छ । जसमा सयौ नेता कार्यकर्ताहरु एमाले प्रवेश गर्ने कार्यक्रम रहेको एमाले प्रदेश सदस्य पदमबहादुर खत्रीले जानकारी दिनुभयो ।

नेकपा एमालेले बंगलाचुलीमा प्रभावशाली नेता भेषराज खत्रीलाई अध्यक्ष र सरस्वती मगरलाई उपाध्यक्षको उमेदवार बनाएको छ । उमेदवारी मनोनयनकाक्रममा पनि एमालेले बंगलाचुलीमा व्यापक जनमानसको सहभागिता गराएको थियो

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस