दाङ, १८ वैशाख । प्रेस चौतारी नेपाल दाङ शाखाले भोलि नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीसँग पत्रकार सम्मेलन गर्ने भएको छ । एमाले पार्टी कार्यालय तुलसीपुरमा बिहान साढे ७ बजे पत्रकार सम्मेलन आयोजना गरिएको प्रेस चौतारी नेपाल दाङ शाखा अध्यक्ष इन्द्र डिसीले जानकारी दिनुभयो ।
समसामयिक राजनीतिक घटनाक्रम तथा आसन्न निर्वाचनबारे पार्टी उपाध्यक्षसँग पत्रकार सम्मेलन राखिएको भन्दै चौतारी दाङले उपस्थितिका लागि सम्पूर्णमा अनुरोध गरेको छ ।












