चुनावी तयारी के छ ?
चुनावी गतिविधि अन्तिम अन्तिम चरणमा छौं । वडा नं. १० का सबै मतदाताका घरदैलोमा पुगेका छौं । मतदाता उत्साहीत हुनुभएको छ । हामीले मतदातालाई जागृत गराउने काम पनि गरेका छौं । हिजो यस वडामा एमालेका उम्मेदवारले हार्दा जसरी समस्या भयो अव त्यो समस्या फेरि नदोहोर्याउने कुरा गरिरहनुभएको छ । हार्दा पनि यो ठाउँको विकासमा लाग्नु भएकाले हामी तपाईको साथमा छौं भन्ने कुरा हामीलाई सुनाउनुहुन्छ । एमालेको सरकार बन्दा हामीलाई ज्येष्ठ नागरिकले भत्ता पाए, अहिलेसम्म पनि भत्ता बढाउने काम गरिरहेको छ । यसका कारणले पनि यसपाली मतदाताले एमालेका उम्मेदवार खोजिरहेको हामीले महसुस गरिरहेका छौं । उहाँहरुले मतदान गर्ने स्थानमा राम्रो व्यवस्था गर्न माग गरिरहनुभएको छ । करिव अव आम मतदाता मतदानका लागि तयार भएर बस्नुभएको छ ।

तपाईलाई किन मत दिने ?
पहिलो कुरा वडाका हरेक गतिविधिमा सुशासन र पारदर्शीता कायम गर्न, पूर्वाधार विकासलाई तीब्रता दिन, सार्वजनिक जमिनको संरक्षण गर्न, जनता नेताको सेवामा होइन जनताको सेवामा नेता कार्यक्रम लागु गर्न हामीलाई मत दिनुपर्छ । त्यसैगरी वडास्तरीय फोहर संकलन तथा व्यवस्थापन गर्ने काम, युवा रोजगार र हरियाली वडा निर्माण, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवालाई प्रभावकारी कार्यान्व्यन गर्न, विपत राहत कोष स्थापना गर्न, महिलालाई उद्यमशिल बनाउन, नारायणपुर बजारको सुरक्षाका लागि सिसीटिभी जडान गर्न, कौशी खेतीको अवधारणा विकास गर्न, दलित, जनजातिलगायत सिमान्तकृत समुदायको विकासका लागि क्षमता विकासलगायत विशेष कार्यक्रम ल्याएर काम गर्न हामीलाई मतदान गर्नुपर्नेछ ।

वडामा अरु के के काम गर्ने योजना छ ?
वडाको समग्र विकासका लागि हामीले काम गर्नेछौं । अहिले घोराही बजारबाट फर्किदा नारायणपुरबासीले बसमा सिट नपाउने अवस्था छ । सबै चढेपछि झुण्डीएर, उभिएर यात्रा गर्नुपर्ने वाध्यता छ । हामीले यो समस्या तत्काल समाधान गर्नेछौं । नगरबस सञ्चालन गर्ने र वडा नं. १० का वासिन्दालाई पनि आरामदायी सीटमा बसेर यात्रा गर्ने वातावरण सिर्जना गर्नेछौं । वडाबाट छनौट हुने पूर्वाधार विकाशका कार्यक्रमहरुलाई १० नंं. वडाका सबै टोलमा समान हिसावले वितरण गर्नेछौं । हरेक टोलबाट वडाको केन्द्र आउने सडक, बाटाहरुलाई हरेक वर्ष प्राथमिकतामा राखेर पालैपालो स्तरोन्नति गर्ने, वडाका दुर्गम क्षेत्रमा खानेपानी, सिंचाई, बाटो पुर्याउने काम गर्ने र ज्येष्ठ नागरिक, अपाङग र अशक्तहरुलाइ घरमै स्वास्थ्य जाँचको व्यवस्था गर्ने, कृत्रिम जलाशयको निर्माण गर्ने, डावर, लम्डरुवा र अर्घुमा खानेपानी र सिंचाईको व्यवस्था गर्ने काम हामीले गर्नेछौं ।

तर गठवन्धनको चुनौति छ नी ?
मतदाता एमालेको साथमा छन अनि के को चुनौति ? केन्द्रबाट ल्याइएको गठवन्धनको कुनै समस्या र चुनौति छैन । समर्थक, शुभेच्छुकले पनि गठवन्धन छोडेर एमालेतिर आइरहनुभएको छ । हाम्रो नीति, विचार, कार्यक्रम र विकासको अवधारणालाई पछ्याउने आज दिनप्रतिदिन बढिरहनुभएको छ । यसर्थ हामीलाई जनताको साथ हुँदासम्म कसैको चुनौति वा समस्या हुदैन । छैन ।

मतदातालाई के भन्न चाहानुहुन्छ ?
०७४ को निर्वाचनमा हामी जनतामाझ जाँदा हामीले हार्यौ । जनताले एमालेले हार्दा समस्या भोग्नु भएको छ । वडा नं. १० का एमाले समर्थक भएका ठाउँमा छानी छानी बजेट रोक्ने काम भएको छ । विभेद गरिएको छ । तर हामी आउँदा वडावासी कसैलाई पनि विभेद गर्नेछैनौं । समान हिसावले अभिभावकत्व प्रदान गर्ने र यस वडाको विकासमा हामी रातदिन खट्नेछौं । वडावासीलाई थाहै छ । हामी पराजित भएर भागेनौं । जनताकै सेवा थियौं । अव जितेर पनि २४ सै घण्टा सेवामा खट्नेछौ । त्यसका लागि एमालेका उम्मेदवारहरुलाई विजय गराउनुहुनेछ भन्ने हाम्रो विश्वास छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस