चुनावी तयारी के छ ?
अहिले घरदैलो कार्यक्रम अन्तिम चरणमा पुगेको छ । हामीले मतदातालाई भेट्ने र उहाँका कुरा सुन्ने,हाम्रा योजना र कार्यक्रम सुनाउने काम गरिरहेका छौं । चुनावी गतिविधि तिव्र पारिएको छ ।

उम्मेदवारी किन ?
तुलसीपुर उपमनपाको वडा नं. ६ केन्द्र भागमै छ । पुरानो बस्ती, अव्यवस्थित बस्तीका कारण व्यवस्थित विकासमा समस्या भएको क्षेत्र हो यो । यस अघि हामीले पाँच वर्षसम्म त्यसलाई धेरै सुधार गरेका छौं । व्यवस्थित बसोवास, दिगो विकासका लागि हाम्रो उम्मेदवारी हो । त्यस्तै खानेपानी, फोहर व्यवस्थापनको समस्या समाधानका लागि पनि हामीले यो वडामा नेतृत्व दावी गरिरहेका छौं । हिजो छिटो छिटो विकास भएको देखाउन केही काम योजनावद्धरुपमा भएनन । त्यसले गर्दा अहिले समस्या भएको छ । हामीले दिगो विकास, व्यवस्थित विकास गर्दै वडा नं. ६ लाई सुन्दर बनाउने योजना अघि सारेका छौं । दिगो विकास कसरी गर्ने भन्ने होला एउटै उदाहरण यहाँलाई भन्न चाहन्छु । वडामा खानेपानी विस्तार गर्दा सडक भत्काउनुपर्ने, नाला खन्नुपर्ने अवस्था छ । त्यसले गर्दा भएको विकासलाई आफै फुटाउनुपर्ने अवस्थाको अन्त्य गर्ने हाम्रो योजना छ । हामीले कुनै सडक कालोपत्रे भइरहेको छ भने हामी वडाको वजेट लगाएर दुवैतर्फ पाइपको विस्तार गर्छौं । त्यस्तै पोल विस्तार गर्दा व्यवस्थित गर्छौं ।

के के काम गर्न सकिएला त ?
मैले माथि पनि भने मेरो प्राथमिकता दिगो विकाससहितको सुन्दर वडा निर्माण हो । त्यसका लागि सबै काम हामीले आगामी पाँच वर्षमा गर्छौं । अहिले फोहर व्यवस्थापन मुल एजेण्डाकारुपमा हामीले उठाएका छौं । नागरिकले फोहर फाल्ने कहाँ हो भन्नुहुन्छ । समस्या यही छ । हामीले फोहर व्यवस्थापनका लागि पोल पोलमा डस्टवीन राख्ने योजना बनाएका छौं । यो वजेटको हिसावले पनि महंगो छैन । त्यस्तै यो अभियानका लागि यहाँका सार्वजनिक संघ, संस्था, विद्यालय र टोल विकास संस्थालाई अग्रसर गराउने काम गर्नेछौं । अहिले सडकमा, नालामा , खेतवारीमा फोहर, प्लाष्टिक भेटिन्छन । यो समस्याकै रुपमा देखिएको छ । तसर्थ हामीले सरसफाई अभियान नै चलाएर ७० वढि टोललाई परिचालन गर्ने र सबै टोल सफा बनाउनेछौं । फोहर नउठ्ने समस्यालाई समाधान गर्न वडाको आफ्नै साधन बनाउने जुन विद्युतियरुपमा चलाउन सकिने सवारी साधन खरिद गर्ने काम गर्नेछौं ।

त्यसैगरी गोलौरामा रहेको स्वास्थ्य केन्द्रको स्तरवृद्धि गर्ने, पाठेघरको निशुल्क उपचार सेवा दिने, वडामा १० वटा गाउँ छन । सबै गाउँमा वेला वेलामा आवस्यकताका आधारमा स्वास्थ्य शिविर गर्नेछौं । त्यस्तै शुद्ध खानेपानीको व्यवस्थापन गर्न वडाभर पाइप विस्तार गर्ने, त्यस्तै जनप्रतिनिधिसँग बालवालिका, जनप्रतिनिधिसँग महिलालगायत लक्षित समुदायका युवा, बालवालिकाहरुलाई प्रशिक्षण दिनेकाम गर्नेछौं । वडाका विभिन्न टोलमा सँस्कारयुक्त कक्षा चलाउने जसले अहिले बढ्दै गएको कुलत, कुसँस्कारको अन्त्य गर्ने काम हामीले गर्नेछौं । समाजमा नमूना काम गरेका व्यक्तित्वलाई ल्याएर त्यो प्रशिक्षण चलाउनेछौं । त्यस्तै पढेलेखेका युवाहरु विदेश जानुपर्ने अवस्था छ । त्यसैले उहाँहरुलाई प्रमाणपत्रमात्रै होइन सीप, उद्यममा लगाउने र सक्षम बनाउने काम गर्नेछौं । त्यस्तै स्वस्थ हुनका लागि खेल, योग र व्यायामलाई संस्थागत गर्ने काम गर्नेछौं । खेलमैदान र आवस्यक भौतिक पूर्वाधारको विकास गर्ने, सार्वजनिक जग्गाको पहिचान गरेर खुल्ला व्यायामशाला निर्माण गर्ने योजना हामीले ल्याएका छौं । त्यसैगरी जग्गा व्यवस्थापन भएका टोलहरुलाई भवन निर्माण गर्न वडाबाट वजेटको व्यवस्थापन गर्नेछौ ।

अग्रजहरु हुँदाहुँदै युवा नेतृत्व किन ?
अग्रज, पुरानालाई सम्मान गर्ने हो । अवको नेतृत्व युवाहरुले नै हो । यो मैले भनेको होइन । अग्रजहरुले नै भन्नुहुन्छ । किनभने उमेरले जुनखालको क्रियाशीलता चाहिने हो त्यो क्रियाशीलता युवामा हुन्छ । सांसद बनेजस्तो होइन स्थानीय तहको प्रतिनिधि बन्ने कुरा । रात दिन नभनी जनतालाई जतिबेला समस्या पर्छ हाजिर हुनुपर्छ । मेरो पाँच वर्षे अनुभव हो यो । तसर्थ अग्रजहरुले नै युवाहरुलाई अघि सार्नु भएको छ । युवासँग समय छ । युवासँग जोश जाँगर छ । युगअनुसार चल्ने क्षमता छ । प्रविधिसँग खेल्न सक्छ । त्यसो भएर युवाहरुलाई नेतृत्वमा स्थापित गर्नुपर्छ भन्ने हिसावले पार्टीले पनि उम्मेदवार बनाएको छ । यो अभिभारालाई आत्मसात गरेर नेतृत्वका लागि म अघि सरेको छु । अव मतदाताको साथ सहयोगको खाँचो छ । मलाई आशा छ वैशाख ३० गते पुरा हुनेछ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस