दाङ, २८ वैशाख । निर्वाचन आचारसंहिता लत्याउँदै मौन अवधिको समयमा लुम्बिनी प्रदेश सभा सदस्य तथा कानुन समितिका सभापति दामा शर्मा गठबन्धनको प्रचारमा हिँड्नुभएको छ ।

मौन अवधिको समयमा कुनै पनि सभा, समारोह, प्रचारप्रसार तथा मतादाता प्रभावित गर्ने गतिविधि गर्न नपाइने भए पनि गठबन्धनका तर्फबाट घोराही उपमहानगरपालिका मेयरका उम्मेद्वार हेमराज शर्मा डायमण्डको सहोदर दिदी शर्मा लु १ झ ४४३ नम्बरको सरकारी गाडी लिएर प्रचारप्रचारमा जानुभएको छ । घोराही उपमहानगरपालिका वडा नं. १२ को ठटौलीमा चुनावी पर्चा बाँड्दै गरेको अवस्थामा स्थानीयले शर्मालाई रोकेका थिए ।

स्थानीयले प्रहरीलाई खबर गरे पनि शर्मा प्रहरी नआउँदै त्यहाँबाट हिँडेको भिडियोमा देख्न सकिन्छ । चुनावी पर्चा बाँड्दै हिँडेकी शर्माले बिरामी भेट्न आएकी भन्दै आफ्नो बचाउ गर्नुभएको छ । ठटौलीमै आयोजित कार्यक्रममा समेत शर्मा सहभागी भई सम्बोधन गरेको स्थानीयले बताएका छन् । शर्मा नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य हुनुहुन्छ ।

(हेर्नुहोस् भिडियो)

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस