दाङ, १ जेठ । घोराही उपमहानगरपालिका वडा नं. १४ मा नेकपा एमालेका उम्मेद्वार भानसिङ बुढा विजयी हुनुभएको छ । बुढाले ३ सय २० मतान्तरले गठबन्धनका उम्मेद्वारलाई पराजित गनुभएको छ । बुढाले १ हजार ५ सय २५ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेद्वार दिलकुमारी बुढाले १ हजार २ सय ५ मत प्राप्त गर्नुभएको थियो । २ वटा सदस्य एमालेले जितेको छ भने बाँकी २ वटामा गबन्धनले जित हात पारेको छ ।

त्यसैगरी उपमहानगरपालिकाको १९ नं. वडामा गठबन्धनले जीत हात पारेको छ । गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेद्वार ज्ञानबहादुर रायमाझीसहित सम्पूर्ण सदस्य गठबन्धनले फराकिलो अन्तरले जितेको छ ।

त्यस्तै घोराहीको १ नं. वडामा एमालेका उम्मेद्वार राममणि पाण्डेको जित सुनिश्चित भएको छ । ६ सय १० मत गणना गर्न बाँकी रहँदा पाण्डेको मतान्तर ९ सय २० रहेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस