तुलसीपुर, ५ जेठ । घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । गएराती अवेर सकिएको अन्तिम मतगणनाको मतपरिणाम अनुसार मेयरमा एमालेका नरुलाल चौधरी निर्वाचित हुनु भएको छ ।

चौधरीले ५३६० मतान्तरले गठबन्धनका उमेदवारलाई पराजित गर्नुभएको हो । चौधरी ३१७२८ मत प्राप्त गरी विजयी हुनु भएको हो भने उहाँका प्रतिष्प्रर्धी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्माले २६३६८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीले जनाएको छ ।

उपमेयरमा एमालेका हुमा डिसी निर्वाचित हुनु भएको छ । डिसीले ३०४०३ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो भने गठबन्धनका तर्फबाट कांग्रेसका भुप बहादुर डाँगीले ३०३५४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो ।

घोराही उपमाहनगरपालिकामा एमालेले १३ वडामा जित हात पारेको छ । एमालेले १,२,३,४,५,६,७,८,११,१२,१४,१७ र १८ नं. वडामा जित हात पारेको हो । त्यसैगरी काँग्रेसले वडा नं. १०,१३,१५,१६ र १९ नम्बर वडामा जित हात पारेको छ भने नेकपा माओवादी केन्द्रले वडा नं. ९ मा जित हात पारेर १ वटा वडामै चित्त बुझाउनु परेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस