दाङ, ५ जेठ । स्थानीय तहको पुनर्संरचना पश्चात भएको निर्वाचनबाट चुनिएका स्थानीय तहका जनप्रतिनिधिहरुको पहिलो कार्यकाल आज पूरा हुँदैछ । देशभरका ७ सय ५३ स्थानीय तहका जनप्रतिनिधिहरूको पाँच वर्षे कार्यकालको आज बिहीबार अन्तिम दिन हो ।

२०७४ सालमा ४ चरणमा भएको स्थानीय तहको निर्वाचनको पहिलो चरणको वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट चयन भएका जनप्रतिनिधिको कार्यकाल जेठ ६ गते सुरु भएको थियो ।

स्थानीय तहको दोस्रो कार्यकालका लागि गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट देशभरका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका तथा ४६० गाउँपालिकामा नयाँ जनप्रतिनिधिका लागि मतगणना जारी छ ।

दाङका ९ वटा स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक भइसकेको छ भने तुलसीपुर उपमहानगरपालिकाको मतगणना कार्य जारी छ । दाङका २ उपमहानगरपालिका, १ नगरपालिका र ७ गाउँपालिकामध्ये देशकै ठुलो उपमहानगरपालिका घोराहीको प्रमुखमा नरुलाल चौधरी पुनः निर्वाचित भएका छन् । अन्य सबै पालिकामा नयाँ नेतृत्व निर्वाचित भएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस