तुलसीपुर, ३ असार । तुलसीपुरमा पीकअप गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । नेपालजञ्जबाट तुलसीपुरतर्फ आउँदै गरेको गाडी शुक्रबार दिउँसो ३ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौरामा दुर्घटना भएको हो ।

रा १ च ११६२ नं. को उक्त गाडीमा चालकसहित तीन जना सवार रहेको र तीनै जनालाई सामान्य चोट लागेको छ । तर गाडी भने पुर्ण रुपमा क्षति भएको प्रहरीले बताएको छ । सल्यानी कोटबारा किराना एण्ड सप्लार्यसको गाडी दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस