दाङ, ११ असार । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगर समितिको आयोजनामा आधारभूत तह कक्षा ६ देखि ८ सम्मको नगरस्तरिय हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम शनिबार गुरुकुल एकेडेमी रतनपुरमा सम्पन्न भएको छ ।
घोराही उपमहानगरपालिकाभित्र रहेका प्याब्सनमा आबद्ध विद्यालयहरु मध्ये ३५ विद्यालय सहभागी उक्त प्रतियोगितामा माउन्ट भ्यू इङ्लिस बोर्डिङ स्कुलको समुह प्रथम भएको छ । उक्त विद्यालयको तर्फबाट सिद्धान्त अधिकारी, संज्ञान अधिकारी र सलिना पौडेल प्रथम भएका हुन् । यसैगरी गुरुकुल एकेडेमीका अर्नभ जिएम्, शुभेच्छा पाण्डे र अभिनव योगीको समुह द्वितीय र गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलका गरिमा गुरुङ, अंकित पाण्डे र आयुष देवकोटाको समुह तृतीय भएका छन् ।
प्रतियोगितालाई दुई चरणमा विभाजन गरिएको थियो । पहिलो अर्थात छनौट चरणका प्रतियोगीहरु तीन समुहमा विभाजन गरिएको थियो । छनौट चरणका सबै समुहबाट विजय प्रथम, द्वितीय र तृतीय गरि जम्मा नौं समुहका प्रतिस्पर्धीहरुलाई दोस्रो अर्थात अन्तिम चरणमा प्रतिस्पर्धा गराइएको थियो ।
घोराही नगर प्याब्सनका अध्यक्ष वीरेन्द्र चन्दको अध्यक्षता एवम् प्याब्सनका केन्द्रिय सचिब यादब गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्याब्सनका निवर्तमान केन्द्रीय सदस्य एवम् प्याब्सन दाङका बरिष्ठ सल्लाहकार केशब थापा, प्याब्सन लुम्बिनी प्रदेशका कोषाध्यक्ष अमर सुवेदी, सल्लाहकार तारा पौडेल, सदस्य निमानन्द गैरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्याब्सन घोराही नगर उपाध्यक्ष सुर्यबहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नगर सचिब बालकृष्ण ओलीले गर्नुभएको थियो ।

