तुलसीपुर, २० असार । तुलसीपुर उपमहानगरपालिका वडा न‌ं. ११ ले नागरिकको सहजताका लागि हेल्पडेस्क सुरु गरेको छ । निवेदन, फोटोकपी सेवा निःशुल्क गरिने र सेवाग्राहीलाई आवश्यक जानकारी गराइने उद्देश्यका साथ हेल्पडेस्क सुरु गरिएको वडा अध्यक्ष मानबहादुर रावतले जानकारी दिनुभयो ।

वडामा आउने सेवाग्राहीलाई निवेदन र फोटोकपीकै कारण दौडधुप गर्न नपरोस् र निवेदनकै नाममा ठुलो रकम असुल्ने  गतिविधीको अन्त्य गर्ने उद्देश्यले सेवा सुचारु गरिएको अध्यक्ष रावतले बताउनुभयो ।
‘जोसंग पैसा पनि छैन निवदेन लेख्न पनि आउँदैन । लेख्न लगायो पैसा लाग्छ । अर्को कुरा नागरिकता, लालपुर्जा लगाएतका अत्यावश्यक कागजातको फोटोकपी गर्नुपर्यो‍ । फोटोकपी गाउँमा छैन । त्यसको लागि बजारमा जानु पर्‍यो । अनि नागरिकले समान्य कुराले यता र उता गरेर दुःख पाउँछन । हो त्यो दुःख नागरिकले नपाओस भन्नका लागि यस्तो सेवा सुचारु गरिएको हो’ वडा अध्यक्ष रावतले भन्नुभयो ।

‘देख्दा सामान्य लागेपछि वडाबासीको भावना बुझेर वडा अध्यक्ष रावतले जनमुखी काम गरेको स्थाीय बुधौना चौधरीले बताउनुभयो । कहिले पासमा पैसा हुन्छ । कहिले हुँदैन । हामीजस्ता गरिबलाई अध्यक्षले राम्रो काम गरेका छन् । त्यैत भोट दिएका हमगेर हामीले’ चौधरीले भन्नुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस