दाङ, २९ भदौ । ५८औं बाल दिवसका अवसरमा ज्ञानमाला एकेडेमी घोराही–१६ सर्राले नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रमा खाद्य सामग्री सहयोग गरेको छ । ज्ञानमाला एकेडेमीमा गठित सिर्जनशील बाल क्लब, नेपाल जुनियर रेडक्रस सर्कल र किशोरी समुहको संयुक्त आयोजनामा घोराही–१४ झिँगौरामा रहेको नवजीवन केन्द्र घोराहीको प्राङ्गण सरसफाइ तथा खाद्य सामग्री वितरण गरिएको हो ।

सिर्जनशील बाल क्लबका अध्यक्ष अनुप चौधरीको अध्यक्षता तथा नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रकी उपाध्यक्ष रुपा ओलीको प्रमुख आतिथ्यता एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको विशिष्ट आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यालयका प्रिन्सिपल महेश बस्नेत, विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक श्रीधर आचार्य, बाल क्लबकी सचिव एलिसा चौधरीलगायतले मन्तव्य राख्नुभएको थियो ।जुनियर रेडक्रस सर्कलका अध्यक्ष जगत डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन किशोरी समूहकी सचिव अदिती केसीले गर्नुभएको थियो । विद्यार्थीहरुद्वारा सङ्कलित रकमबाट संस्थालाई ५० केजी चामल र १ लम्बर दाल हस्तान्तरण गरिएको विद्यालयका प्रिन्सिपल महेश बस्नतेले जानकारी दिनुभयो ।

उक्त अवसरमा संस्थाको परिसरमा सरसफाइ गर्नुका साथै संस्थाको संरक्षणमा रहेका अपाङ्गता भएका व्यक्तिहरुसँग विद्यार्थीहरुले अन्तक्र्रिया समेत गरेका थिए । कार्यक्रममा कक्षा ७ देखि १० सम्मका छात्रछात्राहरुको सहभागिता रहेको थियो ।यसैबीच कक्षा ४ देखि ६ सम्मका विद्यार्थीहरुले राष्ट्रिय बाल दिवसको अवसरमा विद्यालय परिसरमा सरसफाइ गरेका छन् भने अन्य विद्यार्थीहरुले खेलकुद तथा नृत्य प्रस्तुत गरेर बाल दिवस मनाएका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस