दाङ, ७ असोज । नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघ जनता विद्यापीठ एकाई समिति बिजौरीमा नयाँ नेतृत्व चयन भएको छ । बुधबार सम्पन्न निर्वाचनबाट सर्वसम्मतरुपमा नेतृत्व चयन गरिएको निर्वाचन समितिका संयोजक दुर्गाबहादुर केसीले जानकारी दिए ।

समितिको उपसभापतिमा रम्भाकुमारी अर्याल, सचिव रञ्जु शर्मा, उपसचिव अरुणकुमार पोख्रेल र कोषाध्यक्ष शारदा सुवेदी चयन भएका छन् । सदस्यहरुमा गिरिशचन्द्र तिवारी, विनोदकुमार आचार्य, मिलन शर्मा पोख्रेल, प्रधुम्न पोख्रेल, शरद गौतम र राधा घिमिरे चयन भएका छन् । केन्द्रीय प्रतिनिधिहरुमा नीलप्रसाद सापकोटा, लोमशकुमार लामिछाने, शिवप्रसाद न्यौपाने, दुर्गालाल केसी र श्यामा खनाल निर्वाचित भएका छन् ।

विद्यापीठमा बिहिबार एक कार्यक्रम आयोजना गरी नवनिर्वाचितहरुलाई प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रम गरिएको थियो । निर्वाचन समितिका संयोजक दुर्गाबहादुर केसीको अध्यक्षता तथा विद्यापीठका प्राचार्य योगराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संघका निवर्तमान सभापतिा शिवप्रसाद न्यौपाने, नेसंवि प्राध्यापक संघका केन्द्रीय समितिका पूर्व उपसभापति अनोजकुमार खत्री र नवनिर्वाचित सभापति पुरुषोत्तम आचार्यले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य टिकाराम उदासीले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले प्राध्यापकहरुले विद्यापीठको शैक्षिक विकासका लागि महत्वपूर्ण योगदान गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । सहमतिका आधारमा नेतृत्व चयन भएकोमा उहाँले सबैलाई धन्यवाद् दिनुभयो । नवनिर्वाचित सभापति आचार्यले सबैको भावनाको सम्मान गर्दै प्राध्यापकको हकहितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस