दाङ, ६ असोज । दाङका पत्रकार दशरथ घिमिरे राष्ट्रिय स्तरकाे पत्रकारिता पुरस्कारले सम्मानित हुनुभएको छ । राष्ट्रपतिकाे कार्यालय शितल निवासमा आयाेजना गरिएको विशेष कार्यक्रममा प्रेस काउन्सिल नेपालले युवा पत्रकारिता पुरस्कारले सम्मानित गरेकाे हाे ।

राष्ट्रपति विद्या भण्डारी र सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले घिमिरेलाई सम्मान पत्रसहित नगद प्रदान गरेर पुरस्कृत गर्नुभएको हाे । नयाँ युगबाेध राष्ट्रिय दैनिक, नेपाल टेलिभिजन, देश सञ्चार अनलाइन लगायतका सञ्चार माध्यममा कार्यरत घिमिरेले समसामयिक विषयमा कलम चलाउँदै आउनुभएको छ ।

घिमिरे सहित देशभरका विशिष्ट याेगदान गरेका पत्रकारलाई पुरस्कृत गरिएको हाे । प्रेस काउन्सिल नेपालकाे ५३‍‌‍‌औँ वार्षिकोत्सवमा पत्रकारलाई पुरस्कृत तथा सम्मान गरिएको हाे ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस