युवराज खनाल
दाङ, १२ असोज । नेकपा एमाले घोराही वडा नं. १७ ले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा घोराही पनौरा मन्दिरमा कार्यक्रम आयोजना गरिएको थियो ।
नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा दाङ क्षेत्र नं. २ क का प्रदेशसभा सदस्यका उम्मेद्वार भलिभद्र रानाले आउँदै गरेको वडा दशैँको शुभकामना व्यक्त गर्नुका साथै चुनावी मैदानमा विजयको लक्ष्यसाथ अघि बढ्न सम्पूर्णमा अनुरोध गर्नुभयो । मंसिर ४ गते पार्टीका उम्मेद्वारलाई विजय बनाउने लक्ष्यमा सम्पूर्ण सदस्यहरुलाई समाहित हुन उहाँले आग्रह् गर्नुभयो ।
सूर्य ध्वजाबहाक उम्मेद्वारलाई विजयी बनाउन सशक्त रुपमा लाग्न अनुरोध गर्दै देश विकास र राष्ट्रिय स्वाधीनताका लागि एमालेको विजय अपरिहार्य रहेको उहाँको ठहर थियो । प्रमुख अतिथि रानाले जनप्रतिनिधिहरुले जनताको सेवक भएर काम गर्नुपर्ने बताउनुभयो ।
नेकपा एमाले घोराही उपमहानगरपालिकाका वडा नं. १७ का अध्यक्ष दुर्गा खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सल्लाहकार शशिधर अधिकारी, नेकपा एमाले दाङ जिल्ला सदस्य तथा स्कुल विभाग प्रमुख विवेक श्रेष्ठ, सदस्य गोकर्ण ओली, १७ नं. वडा पार्टी इन्चार्ज तेजमान चौधरी, भरत केसी, धन बहादुर खत्री, विश्वमाया रेग्मीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण वडा पार्टी सचिव धनिराम चौधरीले गर्नुभएको थियो ।

